दमक । झापाको दमक–४ स्थित महेन्द्र राजमार्गमा मंगलबार दिउँसो गुडिरहेको बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४०८४ नम्बरको डल्फिन यातायातको बस दिउँसो करिब २:३० बजे दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

दुर्घटनामा घाइते भएका सबै ६ जनालाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय निम्स अस्पताल पुर्याइएको छ। प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
