हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५५ मिनेट अगाडि

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह कतारको दोहा हुँदै न्युयोर्क जानुभएको हो।

Advertisement

​कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा प्रधानमन्त्री शाहलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ।

Advertisement

​भ्रमण तालिका अनुसार प्रधानमन्त्री शाह असोज ७ गते (सेप्टेम्बर २३) बुधबार दोहाबाट न्युयोर्कतर्फ उड्नुहुनेछ। न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत लगायतका उच्च अधिकारीहरूले उहाँको स्वागत गर्नेछन्।

​सोही दिन प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले प्रधानमन्त्रीलाई भ्रमणका विविध विषयमा क्रमशः ब्रिफिङ गर्नुहुनेछ। ब्रिफिङपछि उहाँको सम्मानमा स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री शाह सहभागी हुनुहुनेछ।

​प्रधानमन्त्रीको भ्रमणको मुख्य आकर्षणका रूपमा असोज ८ गते (सेप्टेम्बर २४) संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता हुनेछ। भेटवार्ता लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

​महासभाका कार्यक्रमहरू सम्पन्न गरी प्रधानमन्त्री शाह असोज ९ गते (सेप्टेम्बर २५) न्युयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले उहाँलाई स्वागत तथा बिदाइ गर्नेछन्।

​प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डल यही असोज १० गते (सेप्टेम्बर २६) काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने तालिका छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)