हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

बाह्रदशीका युवाका लागि ‘विकास–विचार’ प्रतियोगिता, आगामी ५ वर्षको दूरदृष्टि मागिँदै

झापा । स्थानीय तहको समृद्धिका लागि नयाँ पुस्ताको सोच र अवधारणालाई समेट्ने उद्देश्यले झापाको बाह्रदशीमा ‘विकास–विचार प्रतियोगिता’ आयोजना हुने भएको छ । नेकपा एमाले बाह्रदशी गाउँ कमिटीले स्थानीय तहको आगामी पाँच वर्षको विकासका लागि युवाहरूको दृष्टिकोण माग गर्दै यो प्रतियोगिता गर्न लागेको हो ।

Advertisement

​‘समृद्ध बाह्रदशी निर्माणका लागि एकीकृत योजना सहितको साझा दृष्टिकोण’ मूल नारा तय गरिएको प्रतियोगितामा १३ देखि ४० वर्ष उमेर समूहका युवा तथा विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।

Advertisement

​गाउँ कमिटीको आठौं पूर्ण बैठकबाट स्वीकृत कार्ययोजना अनुसार आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य शीर्षक ‘बाह्रदशी विकासका लागि ५ वर्षे दृष्टि’ राखिएको छ । गाउँपालिकाभित्रका वास्तविक समस्या पहिचान गरी तिनको व्यावहारिक समाधान र भावी रणनीतिको खाका युवाहरूकै तर्फबाट प्राप्त गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले बताए ।

​प्रतियोगितामा सहभागीहरूले कृषि आधुनिकीकरण, शिक्षा तथा सीप विकास, स्वास्थ्य, रोजगारी एवम् उद्यमशीलता, पूर्वाधार, पर्यटन, डिजिटल सेवा र युवा तथा खेलकुदसहित १२ वटा क्षेत्रमध्ये कुनै एक वा सबै विषयलाई समेटेर आफ्नो अवधारणा तयार पार्नुपर्नेछ । प्रस्तुतिमार्फत मुख्य रूपमा स्थानीय समस्या, त्यसको ठोस समाधान र आगामी ५ वर्षभित्र बाह्रदशीको रूपरेखा प्रस्ट हुनुपर्ने आयोजकको भनाइ छ ।

कस्तो छ सहभागिताको मापदण्ड ?

प्रतियोगितामा बाह्रदशी गाउँपालिका स्थायी ठेगाना भएका वा सो भूगोलभित्र अध्ययन, पेसा तथा व्यवसाय गरिरहेका १३ देखि ४० वर्ष उमेर समूहका युवाहरू सहभागी हुन सक्नेछन् । तर, सरकारी तथा शिक्षण पेसामा आबद्ध व्यक्तिहरूलाई भने यसमा समावेश नगरिने जनाइएको छ ।

​इच्छुक प्रतिस्पर्धीले बढीमा ५ मिनेटको आफ्नो प्रस्तुतिको भिडियो तयार गरी २०८३ साल असोज २३ गते दिउँसो ४:०० बजेभित्र आधिकारिक ह्वाट्सएप नम्बर ९८०१४४४७०१९ मा पठाउनुपर्ने आयोजकले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)