हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

झापामा अपहरण र शरीर बन्धक मुद्दाको अनुसन्धानका क्रममा मानव कङ्काल फेला, दुई जना पक्राउ

झापा । अपहरण तथा शरीर बन्धक मुद्दाको अनुसन्धानका क्रममा झापाको मेचीनगरबाट प्रहरीले एक मानव कङ्काल बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ।

Advertisement

​ललितपुरको साविक मनिखेल हाल महाङ्काल गाउँपालिका-१ का दिलनाथ बजगाईं गत २०८१ कात्तिक २९ गते झापाको मेचीनगर-६ काँकडभिट्टाबाट बेपत्ता भएका थिए। बजगाईं हराएको भन्दै उनकी श्रीमती तुलसा बुढा बजगाईंले दिएको निवेदनका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

Advertisement

​अनुसन्धानका क्रममा बजगाईंसँगै हिँड्ने उनका नजिकका साथी म्याग्दी घर भई हाल मेचीनगर-१० बस्ने ४५ वर्षीय ‘राम’ भनिने गुप्तबहादुर सिंहमाथि शंका लागी सोधपुछ गर्दा घटनाको रहस्य खुलेको हो। सिंहले खुलाएको विवरणका आधारमा असोज ७ गते प्रहरी टोलीले मेचीनगर-७ भान्सा खोला (गैरी गाउँ) स्थित जयप्रसाद तिवारीको जग्गामा सिंह आफैँले सञ्चालन गरेको बङ्गुर फर्मभित्र जेसीबी प्रयोग गरी उत्खनन गर्दा मानव आकृति देखिने कङ्काल फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

​उक्त कङ्काल परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। फेला परेको कङ्काल हराइरहेका दिलनाथ बजगाईंको हो/होइन यकिन गर्न शव परीक्षणपश्चात् नमुना परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाउने प्रक्रिया भइरहेको प्रहरी नायब उपरीक्षक (प्रनाउ) रुब्जन अवाले जानकारी दिए।

​घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गुप्तबहादुर सिंहका साथै भारतको आलेपुर विरपारा घर भई हाल मेचीनगर-८ बस्ने ४९ वर्षीय सञ्जय लामालाई समेत पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)