हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हल्दिबारी कांग्रेस सभापतिमा गङ्गा प्रसाईं पुनः निर्वाचित

हल्दिबारी (झापा) — नेपाली कांग्रेस हल्दिबारी गाउँ समितिको सभापतिमा गङ्गा प्रसाईं निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनबाट आफ्ना प्रतिस्पर्धी होमप्रसाद चुडाललाई पराजित गर्दै प्रसाईं दोस्रो कार्यकालका लागि पुनः सभापतिमा चिनिएका हुन्।

Advertisement

​गाउँ समितिको उपसभापति पदमा ध्रुव श्रेष्ठ निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी टेमलाल राजवंशीलाई पराजित गरेका हुन्। महिला उपसभापतिमा भने प्रतिमा भुजेल निर्विरोध निर्वाचित भएकी छन्।

Advertisement

​दुई सचिव पदका लागि परेको उम्मेदवारीमध्ये गङ्गाप्रसाद उप्रेतीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै धर्मराज काफ्ले (बाबा) लाई समर्थन गरेपछि काफ्ले सर्वसम्मत निर्वाचित भएका हुन्। यस्तै सहसचिव पदमा धनकुमारी गुरुङ निर्विरोध चयन भएकी छन्।

​निर्वाचन अधिकृत डम्बर वनका अनुसार कार्यसमिति सदस्य पदमा आवश्यकभन्दा कम उम्मेदवारी परेपछि परेका आवेदनहरू स्वतः निर्विरोध भएका छन्। सदस्यतर्फ शर्मिला लामिछाने, डिल्लीराम पोखरेल, निर्मला अधिकारी खनाल र दाताराम खतिवडा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत वनले जानकारी दिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)