हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हल्दिबारीमा जेई संक्रमणबाट एक महिलाको मृत्यु, पाँच दिनमा ५ हजार ५२६ जनाले लगाए खोप

झापा । जापानिज इन्सेफलाइटिस (जेई) संक्रमणका कारण हल्दिबारी गाउँपालिकाकी एक महिलाको मृत्यु भएको छ। संक्रमणको जोखिम बढेसँगै गाउँपालिकामा सञ्चालन गरिएको जेईविरुद्धको खोप अभियानअन्तर्गत पाँच दिनमा ५ हजार ५२६ जनाले खोप लगाएका छन्।

Advertisement

झापामा जेई संक्रमण देखिएपछि हल्दिबारी गाउँपालिकामा असोज ५ गतेदेखि खोप अभियान सञ्चालन गरिएको हो। स्वास्थ्य शाखाका अनुसार गाउँपालिकामा खोप लगाउने लक्षित उमेर समूहका १५ हजार ७०८ जना छन्।

Advertisement

हालसम्म वडा नम्बर १ मा १ हजार ४७०, वडा नम्बर २ मा ६५४, वडा नम्बर ३ मा १ हजार ६६, वडा नम्बर ४ मा ९४० र वडा नम्बर ५ मा १ हजार ३९६ जनाले खोप लगाएका छन्।

लक्षित समूहको संख्याका आधारमा वडा नम्बर ५ मा सबैभन्दा बढीले खोप लगाएको स्वास्थ्य शाखाले जनाएको छ। अभियानअन्तर्गत खोप लगाउन बाँकी रहेका लक्षित उमेर समूहका सबैलाई खोप लगाउन स्वास्थ्य शाखाले आग्रह गरेको छ।

जेई लामखुट्टेको टोकाइबाट सर्ने भाइरल संक्रमण हो। संक्रमणको जोखिमलाई ध्यानमा राख्दै गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)