झापा । निरन्तरको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि डुबानमा परेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका-५ स्थित थारूटोलका जोखिममा परेका स्थानीयवासीको उद्धार गरिएको छ।

नदीको सतह बढेर बस्तीमा पानी पसेपछि जोखिममा परेका नागरिकलाई आश्विन १० गते नेपाली सेनाको गोरखदल गणबाट खटिएको विपद् प्रतिकार्य तथा उद्धार टोलीले उद्धार गरेको हो। सेनाले अन्य सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँगको समन्वय र सहकार्यमा उद्धार कार्य सञ्चालन गरी प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

अविरल वर्षाका कारण देशका विभिन्न भू-भागमा बाढी र पहिरोको जोखिम बढेकाले उद्धार तथा राहत कार्यका लागि सुरक्षा निकायहरूलाई उच्च सतर्क अवस्थामा राखिएको छ।
