हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

विज्ञतालाई मुलुकको विकासमा प्रयोग गर्न सांसदहरुलाई प्रधानमन्त्रीको आग्रह

झापा । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ।

Advertisement

​बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभाका प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले उहाँहरूलाई राजनीतिक जोडघटाउभन्दा माथि उठेर दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभएको हो।

Advertisement

​“तपाईंहरू आफैं प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने थलोमा हुनुहुन्छ,” छलफलका क्रममा प्रधानमन्त्री शाहले भन्नुभयो, “देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”

​प्रधानमन्त्री शाहले सांसदहरूलाई दलीय राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो। निर्वाचन वा राजनीतिक गतिविधिका समयमा दलीय राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि बाँकी समय देशको समृद्धिका लागि प्राविधिक तथा विकासका मुद्दामा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।

​प्राविधिक पृष्ठभूमिका सांसदहरू परिवर्तनका संवाहक भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नयाँ सोच र उपायमार्फत काम गरे पाँच वर्षभित्रै मुलुकको कायापलट गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)