हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

काँकडभिट्टा सीमाबाट सुनचाँदीसहित चार भारतीय नागरिक पक्राउ

काँकडभिट्टा । पूर्वी नेपालको काँकडभिट्टासँग जोडिएको भारतीय सीमावर्ती बजार पानीटंकी क्षेत्रबाट अवैध सुन र चाँदीसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्।

Advertisement

​नयाँ मेची पुल क्षेत्रमा खटिएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) ४१ औँ बटालियन रानीडाँगाको टोलीले नियमित चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ बीयू १२७४ नम्बरको मारुती सुजुकी एर्टिगा गाडीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

Advertisement

​पक्राउ पर्नेहरूमा भारतीय नागरिक धनजित पटगिरी, आशिष् पोद्दार, विकास अग्रवाल र गाडी चालक नबा कुमार राय रहेका छन्।

​जाँचका क्रममा गाडीमा सवार पटगिरीको साथबाट ४० ग्राम सुनका बार (१०–१० ग्रामका चार थान), ६० ग्राम सुनका सिक्का (२०–२० ग्रामका तीन थान) र १०० ग्राम तौल भएको एक थान चाँदीको सिक्का बरामद भएको छ।

​बरामद सुनचाँदी, गाडी र पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि पानीटंकी भन्सार कार्यालयमा बुझाइएको छ। उनीहरूमाथि भारतीय भन्सार ऐन, १९६२ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)