हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

रास्वपा बाह्रदशी गाउँ समितिद्वारा जिम्मेवारी बाँडफाँड, संगठन विस्तार अभियान सञ्चालन गरिने

बाह्रदशी (झापा) — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाह्रदशी गाउँपालिका समितिले पार्टीका विभिन्न विभाग तथा पदमा जिम्मेवारी बाँडफाँड गरेको छ।

Advertisement

​जिल्ला उपसभापति पुष्पराज ढकालको प्रमुख आतिथ्यमा असोज १७ गते बसेको पालिका समितिको बैठकले संगठन सुदृढीकरण तथा कार्यविभाजन सम्बन्धी निर्णय गरेको हो।

Advertisement

​बैठकले विष्णुदेवी राजवंशीलाई पालिका सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ। त्यसैगरी, पदमबहादुर राजवंशीलाई संगठन विभाग प्रमुख, कमलप्रसाद दाहाललाई र्‍यापिड एक्सन टिम (RAT) प्रमुख, पशुपति पाण्डेलाई स्वदेश सम्पर्क विभाग प्रमुख र चन्द्र ताजपुरियालाई युवा सशक्तीकरण तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी सुम्पिएको छ।

​बैठकले असोज १९ देखि २२ गतेसम्म पालिकाका सबै वडा तथा विभागहरू पूर्ण गठन गरी संगठन सुदृढीकरण तथा विस्तार अभियानलाई तीव्रता दिने निर्णयसमेत गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)