हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

कचनकवलमा बनियानी युवा परिवार क्लबको तेस्रो अधिवेशन सम्पन्न

झापा । नेपालको सबैभन्दा होचो भूभाग कचनकवल गाउँपालिकाको मुटु बनियानीमा केन्द्रीय कार्यालय रहेको बनियानी युवा परिवार क्लबको तेस्रो अधिवेशनले धनबहादुर तामाङको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ।

Advertisement

​शनिबार (असोज १७ गते) सम्पन्न अधिवेशनले तामाङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति, लेखा समिति र सल्लाहकार समिति गठन गरेको हो।

Advertisement

​निर्वाचन मण्डलका संयोजक शिवप्रसाद गुरुङ तथा सदस्यद्वय कुलबहादुर कार्की र हरि बस्नेतको रोहवरमा सम्पूर्ण समिति तथा पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन्।

​नवगठित कार्यसमितिको उपाध्यक्षमा लेखनाथ दाहाल र डिल्लीराम भट्टराई चयन भएका छन्। सचिवको जिम्मेवारी प्रदीप (सरोज) लामिछानेले पाएका छन् भने उपसचिवमा मदन (श्याम) घिमिरे र निर्मल दाहाल निर्वाचित भएका छन्। कोषाध्यक्षमा कमल घिमिरे चयन भएका छन्।

​त्यस्तै, सदस्यहरूमा प्रकाश राजवंशी, वसन्त खड्का, सन्तोष लिम्बू, विष्णु मुखिया, सुरेस अधिकारी, सन्तोष श्रेष्ठ, मदनबहादुर खत्री र नारायण नेपाल रहेका छन्।

​अधिवेशनले खगेन्द्र पाण्डेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ। जसको सदस्यहरूमा सोम चम्लागाईं र नवीन मैनाली रहेका छन्।

​यसैगरी, क्लबको सल्लाहकार समितिको संयोजकमा कुलबहादुर कार्कीलाई चयन गरिएको छ। सल्लाहकार सदस्यहरूमा शिवप्रसाद गुरुङ, दिलबहादुर कार्की, विष्णु घिमिरे, दिलीप राई, कृष्ण थापा र कालीबहादुर लिम्बू रहेका छन्। क्लबको संरक्षकमा भने हरि बस्नेतलाई मनोनीत गरिएको छ।

​कार्यक्रममा स्थानीय प्रतिनिधि तथा समाजसेवीहरूले नवनिर्वाचित कार्यसमिति, लेखा समिति र सल्लाहकार समितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। सामाजिक तथा खेलकुदको क्षेत्रमा सक्रिय बनियानी युवा परिवार क्लबले आगामी दिनमा युवा सशक्तिकरण र स्थानीय विकासका क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा राखिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)