समाचार
हल्दिबारी संवाददाता ३ हप्ता अगाडि

२४ घण्टामा सवारी दुर्घटनामा परि ८ जनाको मृत्यु, १४७ घाइते

झापा । मुलुकका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन् ।

​नेपाल प्रहरीले असोज १६ गते शनिबार सुरु भएदेखि मध्यराति १२ बजेसम्म भएका सवारी दुर्घटनाको विवरण सार्वजनिक गर्दै उक्त हताहतीबारे जानकारी गराएको हो ।

​प्रहरीका अनुसार नवलपरासी पूर्व, दाङ र काठमाडौँमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी आठ जनाको ज्यान गएको छ ।

​त्यस्तै दुर्घटनामा परी प्रदेशगत रूपमा लुम्बिनीमा ३६, कोशीमा २९, मधेशमा २९, गण्डकीमा २०, काठमाडौँ उपत्यकामा १८, बागमतीमा ७, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी कुल १४७ जना घाइते भएका छन् ।

​घाइतेहरूको स्वास्थ्य अवस्था तथा उपचार भइरहेका स्थानबारे विवरणमा खुलाइएको छैन ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)