हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

चेतना नेपालको अर्जुनधारा नगर समिति गठन, लागूऔषध न्यूनीकरणलाई प्राथमिकता दिने

अर्जुनधारा (झापा) : झापाको अर्जुनधारामा ‘चेतना नेपाल’ को ११ सदस्यीय नगर समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।

Advertisement

​अर्जुनधारा नगरपालिका वडा नं. ६ स्थित गरमकाली मन्दिर परिसरमा सोमबार आयोजित विशेष भेलाले जीवन राईको अध्यक्षतामा नयाँ नगर समिति चयन गरेको हो।

Advertisement

​समितिको उपाध्यक्षमा मिना अधिकारी भट्टराई, सचिवमा लक्ष्मी दंगाल, सह-सचिवमा सन्तोष तामाङ र कोषाध्यक्षमा तारा आचार्य चयन भएका छन्। सदस्यहरूमा अनिता कार्की, धनबहादुर राई, टेकवीर राई, निर्मला अधिकारी, मिना चुडाल र पम्फा बास्तोला रहेका छन्।

​यस्तै, नेत्रप्रसाद विमलीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको छ। सल्लाहकार सदस्यहरूमा गोपालप्रसाद चुडाल, शुवास फुयाँल, कमल बुढाथोकी र चन्द्रमाया सापकोटा रहेका छन्।

​कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद इन्दिरा राना मगरले लागूऔषध न्यूनीकरण र सामाजिक चेतना अभिवृद्धिमा चेतना नेपालले खेलेको भूमिकाको प्रशंसा गरिन्। “राज्यले गर्नुपर्ने सामाजिक जिम्मेवारी चेतना नेपालले बहन गरिरहेको छ,” सांसद रानाले भनिन्, “भौतिक पूर्वाधारमा जस्तै लागूऔषध न्यूनीकरण र सीपमूलक सचेतनामा पनि तीनै तहका सरकारले बजेटको व्यवस्थापन गरी हातेमालो गर्नुपर्छ।”

​कार्यक्रममा वडा सदस्य टुम्मनाथ काफ्ले, समाजसेवीहरू नेत्रप्रसाद विमली, गोपालप्रसाद चुडाल, मनिषा पोखरेल लगायतले लागूऔषध न्यूनीकरणमा संस्थाले लिएको नीति समयसान्दर्भिक र प्रभावकारी रहेको बताए।

​चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लक्ष्मी दंगालले स्वागत मन्तव्य र कार्यकारी प्रमुख कल्पना भट्टराईले सञ्चालन गरेकी थिइन्।

​पहिलो चरणमा झापाका १५ वटै स्थानीय तहमा समिति विस्तार गरी अल्पकालीन र दीर्घकालीन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको संस्थाका जनसम्पर्क अधिकारी प्रेमकुमार सेडाईंले जानकारी दिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)