हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

प्रवासको आवाज बोकेर कांग्रेस केन्द्रीय सदस्यमा विनोदबहादुर थापाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा प्रवासमा रहेका कांग्रेसजनको मुद्दालाई केन्द्रीय तहमा स्थापित गर्ने उद्देश्यका साथ विनोदबहादुर थापाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरूबाट ६ जना केन्द्रीय सदस्य निर्वाचित हुने वैधानिक व्यवस्थाअनुसार उनले एसिया क्षेत्रबाट उम्मेदवारी दिएका हुन्।

Advertisement

​नेपाली जनसम्पर्क समिति मलेसियाका संरक्षक तथा महासमिति सदस्य रहेका थापा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका पूर्वअध्यक्षसमेत हुन्। लामो समयदेखि राजनीतिकसँगै सामाजिक क्षेत्रमा क्रियाशील उनले प्रवासी नेपाली समुदायका समस्या, सामाजिक एकता र संस्थागत सहकार्यका पक्षमा निरन्तर काम गर्दै आएका छन्।

Advertisement

​आफ्नो लामो राजनीतिक तथा सामाजिक अनुभवलाई पार्टीको केन्द्रीय नेतृत्वसँग जोड्न उम्मेदवारी दिएको उनले बताएका छन्। “मेरो उम्मेदवारी कुनै व्यक्ति वा समूहको विपक्षमा नभई कांग्रेसको संगठनात्मक र वैचारिक रूपान्तरणका लागि हो,” थापाले भने।

​उनले अभियानका क्रममा संगठनलाई चलायमान बनाउने, स्वच्छ तथा क्षमतावान् नेतृत्वलाई प्राथमिकता दिने, वैचारिक संवादलाई सुदृढ बनाउने र राजनीतिमा सदाचार एवम् सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

​थापाले कांग्रेसलाई समयसापेक्ष बनाउन ‘रूपान्तरणका चार च’ अर्थात् चाल, चेहरा, चिन्तन र चरित्र को अवधारणालाई मुख्य एजेन्डाका रूपमा अगाडि सारेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)