हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हल्दीबारी गाउँपालिका झापाकै पहिलो: जापानीज इन्सेफलाइटिस खोप अभियानमा ८७.१% प्रगतिसहित अग्रणी

झापा । झापा जिल्लामा सञ्चालित जापानीज इन्सेफलाइटिस (JE) खोप अभियान २०८३/०८४ अन्तर्गत हल्दीबारी गाउँपालिकाले जिल्लामै सबैभन्दा उत्कृष्ट सफलता हासिल गरेको छ। अभियानको १५ औँ दिन (२०८३ असोज ५ देखि १९ गते) सम्मको तथ्याङ्क अनुसार हल्दीबारी गाउँपालिका ८७.१ प्रतिशत खोप कभरेजसहित पहिलो स्थानमा रहन सफल भएको हो। स्वास्थ्य कार्यालय झापाको विवरण अनुसार हल्दीबारीमा कुल १३,६८३ जनाले जापानीज इन्सेफलाइटिस विरुद्धको खोप लगाइसकेका छन्।

Advertisement

​झापाका १५ वटै स्थानीय तहमा सञ्चालित अभियानका क्रममा कुल ४,९३,३१९ लक्षित जनसङ्ख्यामध्ये ३,५५,९७५ जना अर्थात् ७२.२० प्रतिशत नागरिकले खोप लगाएका छन्। खोप सेवा लिनेमा महिलाको सहभागिता उल्लेख्य रहेको छ। कुल खोप लगाउनेमध्ये २,०१,३७८ जना महिला र १,५४,५९७ जना पुरुष रहेका छन्।

Advertisement

​जिल्लाभरको प्रगति विवरण हेर्दा हल्दीबारीपछि कचनकवल गाउँपालिका ८०.७ प्रतिशत (१५,९०४ जना) सहित दोस्रो र बाह्रदशी गाउँपालिका ७८.४ प्रतिशत (१४,३५९ जना) प्रगति हासिल गरी तेस्रो स्थानमा रहेका छन्। यसैगरी बिर्तामोड नगरपालिकाले ७७.० प्रतिशत (४६,०२९ जना), गौरीगञ्ज गाउँपालिकाले ७६.७ प्रतिशत (१३,१४९ जना), झापा गाउँपालिकाले ७६.१ प्रतिशत (१४,५०२ जना), कन्काई नगरपालिकाले ७५.२ प्रतिशत (१९,७३५ जना) र बुद्धशान्ति गाउँपालिकाले ७५.० प्रतिशत (१९,६२९ जना) प्रगति दर्ता गराएका छन्।

​त्यस्तै कमल गाउँपालिकाले ७२.७ प्रतिशत (१९,२२९ जना), मेचीनगर नगरपालिकाले ७२.० प्रतिशत (४७,२०० जना), गौरादह नगरपालिकाले ७०.२ प्रतिशत (२१,०८६ जना) र दमक नगरपालिकाले ६८.२ प्रतिशत (३७,७३६ जना) सफलता हात पारेका छन्। अभियानको क्रममा अर्जुनधारा नगरपालिकामा ६७.२ प्रतिशत (२८,६५५ जना), शिवसताक्षी नगरपालिकामा ६६.५ प्रतिशत (२४,२७६ जना) र भद्रपुर नगरपालिकामा ६०.० प्रतिशत (२०,८०३ जना) खोप कभरेज पुगेको छ।

​स्वास्थ्य शाखाहरू, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको निरन्तर खटाइका कारण हल्दीबारी गाउँपालिकाले लक्ष्यको सबैभन्दा नजिक पुगेर जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)