हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

जेन-जी आन्दोलनका घाइतेलाई सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट

विर्तामोड । जेन-जी आन्दोलनका घाइतेहरूले जिल्लाभित्र तथा लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनहरूमा ५० प्रतिशत भाडा छुट पाउने भएका छन्।

Advertisement

​नेपाल सरकार, मन्त्रिपरिषद्को गत असार १८ गतेको बैठकबाट स्वीकृत “जेन-जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरुको लागि पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज” को बुँदा नम्बर ८ अनुसार उक्त छुटको व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो।

Advertisement

​कार्यालयबाट जारी भएको ‘घाइते परिचय पत्र’ वाहक व्यक्तिहरूलाई ५० प्रतिशत भाडा छुट लागू गराउने विषयमा असोज २१ गते सरोकारवाला निकायहरूबीच सहमति जुटेको छ। सुरक्षा निकाय, यातायात व्यवस्था कार्यालय विर्तामोड र यातायात व्यवसायी लगायतका सरोकारवालाहरूको उपस्थितिमा सो सहमति भएको हो।

​सहमति बमोजिम आवश्यक समन्वय तथा सहजीकरणका लागि यातायात व्यवस्था कार्यालय, विर्तामोड (झापा) लाई जिम्मेवारी पठाइएको छ। यो निर्णयसँगै आन्दोलनका घाइतेहरूलाई सार्वजनिक यातायातमा यात्रा गर्दा राहत पुग्ने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)