हल्दिबारी डटकम
Hover Ad Article
समाचार
जनक राजवंशी १ घण्टा अगाडि

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनलाई हल्दीबारीमा भव्य बिदाई, मिडियासहित विभिन्न संघ-संस्थाद्वारा सम्मान

​हल्दीबारी, झापा । हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ३८ महिनाको सफल कार्यकाल पूरा गरी सरुवा हुनुभएको छ। नेपाल सरकारको निर्णयअनुसार अन्यत्र सरुवा हुनुभएका अधिकृत वनलाई हल्दिबारी मिडिया, हल्दीबारी डटकम परिवारका साथै स्थानीय निकाय, राजनीतिक दल र नागरिक समाजले ‘फेरि भेटौँला’ कार्यक्रममार्फत भव्य बिदाई तथा सम्मान गरेका छन्।

Advertisement

​हल्दीबारी गाउँपालिकामा ३ वर्ष २ महिना (३८ महिना) सेवा प्रदान गर्नुभएका वनले पालिकालाई मिडियामैत्री बनाउनुका साथै आन्तरिक राजस्व चुहावट नियन्त्रण, बेरुजी न्यूनीकरण र ‘सूचना तथा सञ्चार कार्यविधि २०८२’ पारित गराउन महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। उहाँकै कार्यकालमा सुशासन, पारदर्शी विकास निर्माण तथा छिटो-छरितो सेवा प्रवाहका कारण हल्दीबारीलाई झापाकै उत्कृष्ट पालिकाका रूपमा स्थापित गर्न मद्दत पुगेको स्थानीयको भनाइ छ।

Advertisement

​अधिकृत वनको बिदाईको अवसरमा हल्दिबारी मिडियाका अध्यक्ष एवं हल्दीबारी डटकमका प्रधान सम्पादक नेत्रविक्रम बिमली, उपसम्पादक हेमन्त मैनाली र डेस्क सम्पादक जनकलाल राजवंशीले उहाँको कार्यकक्षमै पुगेर राष्ट्रिय झण्डा र मायाको चिनो प्रदान गर्दै सम्मान व्यक्त गर्नुभएको थियो।

​सोही क्रममा गाउँपालिका कार्यालय, वडा कार्यालयहरू, विभिन्न राजनीतिक दल, नागरिक समाज, सामुदायिक तथा संस्थागत विद्यालयहरू र स्थानीय संघ-संस्थाहरूले समेत छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी उहाँको प्रशासनिक दक्षता र योगदानको उच्च मूल्याङ्कन गर्दै बिदाई गरेका छन्।

​हल्दीबारी गाउँपालिकाकै स्थायी निवासीसमेत रहनुभएका प्रशासकीय अधिकृत वनले आफ्नो कार्यकालमा बसाल्नुभएको असल अभ्यास र पुर्‍याउनुभएको योगदानलाई हल्दीबारीका प्रत्येक नागरिकले एउटा सुखद अनुभूतिका रूपमा स्मरण गरिरहनेछन्।

Advertisement

थप समाचार (More News)