झापा, कात्तिक २ । झापाको भद्रपुरबाट प्रहरीले अवैध कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६ स्थित ‘साजन होटल’ (खाजा नास्ता) सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बू रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा कात्तिक १ गते साँझ करिब ६ बजे लिम्बूको डेरामा छापा मारेको थियो। खानतलासीका क्रममा उनले सुत्ने ओछ्यान (बेड) मुनि लुकाइछिपाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल फेला परेपछि बरामद गरिएको प्रहरीले जनाएको छ।
पेस्तोलसहित नियन्त्रणमा लिइएका लिम्बूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
