समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

दुष्यन्त गौतम बने सिक्किमका १९ औँ राज्यपाल, मुख्यन्यायाधीश मुश्ताकले गराए शपथ

ग्याङटोक । सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त गौतमले सोमबार (१९ अक्टोबर) राज्यको १९ औँ राज्यपालका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

​लोकभवनमा आयोजित विशेष समारोहका बीच सिक्किम उच्च अदालतका मुख्यन्यायाधीश न्यायमूर्ति ए. मोहम्मद मुश्ताकले नवनियुक्त राज्यपाल गौतमलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

​शपथ ग्रहण समारोहलगत्तै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले नवनियुक्त राज्यपाल गौतमलाई परम्परागत खादा ओढाएर स्वागत तथा बधाई ज्ञापन गरेका थिए। सो क्रममा मुख्यमन्त्री तामाङले विधानसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्रिपरिषद्का सदस्यहरू, राज्यका वरिष्ठ अधिकारीका साथै उपस्थित विशिष्ट अतिथिहरूसँग राज्यपालको परिचय गराएका थिए।

​कार्यक्रममा उपस्थित सबै गणमान्य व्यक्तिहरूले नवनियुक्त राज्यपाल गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)