समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हल्दीबारीमा पूर्व विद्यार्थी पुनर्मिलन: विद्यालयको विकासका लागि हातेमालो गर्ने प्रतिबद्धता

झापा । पूर्व विद्यार्थी समाज, हल्दीबारी माध्यमिक विद्यालयको आयोजनामा झापाको हल्दीबारीमा बिहीबार ‘पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको छ।

​समाजका अध्यक्ष नरेन्द्र फागोको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा कोशी प्रदेश सभा सदस्य छविलाल चुडाल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा पूर्व विद्यार्थीहरूले बाल्यकालका स्मृति साटासाट गर्नुका साथै आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि कसरी योगदान पुर्याउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरेका छन्।

​समारोहमा बोल्दै प्रमुख अतिथि चुडाल, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, पुर्व प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र ,भद्रपुर नगरपालिकाका पूर्व मेयर जीवन श्रेष्ठ, विद्यालयका संस्थापक प्रधानाध्यापक नरेन्द्र कुमार कार्की तथा पूर्व सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश कुमार सुवेदी लगायतले विद्यालयको गरिमा र विकासका लागि पूर्व विद्यार्थीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै शुभकामना व्यक्त गरेका थिए।

​त्यस्तै, हल्दीबारी गाविसका पूर्व अध्यक्ष मोहन चन्द्र रेग्मी, डाक्टर तीर्थ खरेल, बैंकर तथा विद्यालयका पूर्व शिक्षकहरू बद्रीप्रसाद उप्रेती र भीमबहादुर श्रेष्ठ लगायत विभिन्न संघसंस्थामा कार्यरत करिब ५० भन्दा बढी पूर्व विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

​विद्यालयका प्रधानाध्यापक एवं पूर्व विद्यार्थी टङ्कबहादुर पाख्रिनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव हरिकृष्ण अधिकारीले गरेका थिए। सहभागीहरूले विगतका भोगाइहरू स्मरण गर्दै आगामी दिनमा पनि विद्यालयको उन्नतिका लागि निरन्तर हातेमालो गर्ने प्रतिबद्धता जनाएका छन्।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)