समाचार
हल्दिबारी संवाददाता ४९ मिनेट अगाडि

झापामा सामान्य विवादमा दाजुले हाने भाइलाई छुरा, घाइतेको उपचार जारी

भद्रपुर । झापाको भद्रपुरमा सामान्य विषयको भनाभनलाई लिएर दाजुले आफ्नै भाइमाथि धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएका छन्। छुरा प्रहारबाट घाइते भएका भाइको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।

​प्रहरीका अनुसार गएराति १०:२० बजे भद्रपुर नगरपालिका-५ सुन्दर बस्ती बस्ने ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेका हुन्। सामान्य विषयमा दुई दाजुभाइबीच विवाद भएपछि उग्र रूप लिँदा कुबराजले भाइमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।

​छुरा प्रहारबाट बाबुलालको घाँटीको पछाडिको भाग र गालामा चोट लागेको छ। घटनालगत्तै उनलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याइएको र त्यहाँ उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

​घटनास्थलबाट प्रहरीले छुरा नियन्त्रणमा लिएको छ। घटना घटेलगत्तै फरार भएका दाजु कुबराजको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)