समाचार
हल्दिबारी संवाददाता ५३ मिनेट अगाडि

इलामको देउमाईमा बोलेरो दुर्घटना : चालकको मृत्यु

इलाम — इलामको देउमाई नगरपालिका–१, चमैतास्थित चौरी बजारमा सोमबार बिहान बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

​प्रहरीका अनुसार सोमबार बिहान करिब साढे ६ बजे यात्रु लिन जाँदै गरेको मे १ ज ३०४० नम्बरको सिङर कम्पनीको बोलेरो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेको थियो।

​दुर्घटनामा परेर गाडीका चालक देउमाई नगरपालिका–१, चमैता निवासी २१ वर्षीय विपिन दियालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए।

​घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रक्सेबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। साथै, घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमान्डमा अर्को टोली खटिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

​स्थानीयका अनुसार सोही ठाउँ नजिकै यसअघि पनि सिङर कम्पनीकै अर्को बोलेरो दुर्घटना हुँदा चालक तिर्थ बस्नेतको मृत्यु भएको थियो। तस्बिर एआईबाट निर्मित सांकेतिक

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)