काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा आयोजना भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको औपचारिक उद्घाटन गर्नुभएको छ।
प्रधानमन्त्री शाहले उद्घाटन गरेसँगै आजदेखि टियू क्रिकेट मैदानमा एनपीएलको तेस्रो संस्करण औपचारिक रूपमा सुरु भएको हो।
यसअघि, प्रधानमन्त्री शाहले आज बिहानै सामाजिक सञ्जालमार्फत एनपीएलको तेस्रो सिजनको सफलताको कामना गर्दै सहभागी टोली, खेलाडी तथा खेलप्रेमीहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
देशभित्र क्रिकेट खेलको विकास र प्रवर्द्धनमा एनपीएलले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। उद्घाटन समारोहमा क्रिकेट प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
