समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

कविता : आशाको किरण

समाज सुधारको बाटोमा,
बलिरहेको एक दियो हो,
अन्धकार चिर्ने आशाको,
त्यो किरण चेतना नेपाल हो।

नशाले भत्काएको घरलाई,
मायाले फेरि जोड्न आएको,
आमाको आँसु पुछ्नलाई,
बाबुको भरोसा बन्न आएको।

घर परिवार समाजले माया गरे पछि,
अर्को नशा किन चाहियो र?
दिव्य दृष्टिको पुस्तक पढे पछि,
मन भुलाउन अर्को बाटो किन चाहियो र?

काँडामा अल्झिएको जिन्दगीलाई,
फूलको बाटो देखाउँछ,
भड्किएको युवा जोशलाई,
सही मार्गमा ल्याउँछ।

झापाबाट उठेको यो आवाज,
अब देशैभरि गुञ्जिन्छ,
हामी सबैको साझा प्रयासले
हरेक घर आँगनमा चेतना पुग्छ।

यो केवल एक संस्था मात्र होइन,
एउटा तुफानी आन्दोलन हो,
नशामुक्त नेपाल बनाउने,
हाम्रो साझा संकल्प हो।

इन्द्र प्रसाद ओली
केन्द्रीय अध्यक्ष
चेतना नेपाल केन्द्रीय कार्यालय बिर्तामोड ४ झापा
मो ९८४४४८४२७९/९८०७९९२७६६

जय चेतना नेपाल।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)