समाचार
हल्दिबारी संवाददाता ८ घण्टा अगाडि

कविता : “सबै एकै ब्यानरमा उभिन सकौं”

सुर्ती र मदिरा नै हो पहिलो खुड्किलो,
त्यसैबाट सुरु हुन्छ दुर्व्यसनको बाटो।
अठार वर्षमुनिलाई नदिऔं यो विष,
बचाऔं हाम्रा भाइ-बहिनीको भविष्य।

भाषणमा होइन, अब काममा गरौं,
गाउँ-गाउँ टोल-टोलमा चेतना छरौं।
विद्यालय-विद्यालयमा क्लब बनाऔं,
साथीले साथीलाई बाटो देखाऔं।

घर-घरमा पुगौं, आमा-बाबालाई जगाऔं,
दिदी-बहिनीलाई सीपले सजाऔं।
कानुनलाई कागजमा होइन, व्यवहारमा ल्याऔं,
दुर्व्यसनमुक्त गाउँ-शहर बनाऔं।

सानो सहयोगले ठूलो परिवर्तन हुन्छ,
एकताले नै देशको मुहार फेरिन्छ।
चेतना नेपालको यही हो पुकार,
सबै एकै ब्यानरमा उभिन सकौं, यो नै हाम्रो सार।
लागू औषध दुर्व्यसन रहित समाज हाम्रो अभियान ।
दुर्व्यसन मुक्त घर घोषणा गर्ने महाअभियान ।

इन्द्र प्रसाद ओली
अध्यक्ष / प्रमुख प्रशिक्षक
चेतना नेपाल केन्द्रीय कार्यालय विर्तामोड ४ झापा
सम्पर्क न ९८४४४८४२७९/९८०७९९२७६६

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)