समाचार
हल्दिबारी संवाददाता १९ मिनेट अगाडि

हल्दिबारीकी सुशीलाको सांगीतिक यात्रालाई ढडुवा युवा क्लबको सहयोग

झापा, २८ कात्तिक । कोशी डान्सिङ एन्ड सिङ्गिङ आइडल सिजन–४ को शीर्ष २५ (टप २५) मा पुग्न सफल भई हल्दिबारीको प्रतिनिधित्व गर्दै आएकी गायिका सुशीला हस्दालाई ढडुवा युवा क्लबले आर्थिक सहयोग गरेको छ।

​हल्दिबारी गाउँपालिका–४ निवासी हस्दाको सांगीतिक यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले क्लबले आफ्नो तर्फबाट रु ५ हजार र विभिन्न व्यक्तिबाट संकलित रु ९ हजार ३०५ गरी कुल रु १४ हजार ३०५ सहयोग रकम हस्तान्तरण गरेको हो।

​क्लबका अध्यक्ष गोपाल न्यौपानेको नेतृत्वमा गएको टोलीले हस्दातको निवासमै पुगेर उक्त रकम हस्तान्तरण गरेको हो। टोलीमा क्लबका सदस्यहरू ॐ भट्टराई, दिनेश मेचे, खड्ग विष्ट तथा श्री पञ्चायत माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य अस्मिता मेयाङ्वोलगायतको उपस्थिति रहेको थियो।

​क्लबका सचिव तथा युवा अभियानकर्मी अभिषेक खतिवडाले स्थानीय प्रतिभाको कदर गर्न पाउँदा खुसी लागेको बताए। “हस्दाले हल्दिबारीको प्रतिनिधित्व गर्दै सांगीतिक क्षेत्रमा अघि बढाइरहेको यात्रालाई हामीले नजिकबाट नियालिरहेका छौँ,” उनले भने, “यस्तो प्रतिभालाई प्रोत्साहन गर्नु हामी सबैको दायित्व हो।”

​सहयोग रकम ग्रहणपछि गायिका हस्दाले क्लब परिवारले आफ्नो कला र संघर्षप्रति देखाएको सद्भावप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरिन्।

​ढडुवा युवा क्लबले पछिल्लो समय सामाजिक रूपान्तरण, सचेतना अभिवृद्धि र स्थानीय प्रतिभा प्रोत्साहनका विभिन्न रचनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)