समाचार
हल्दिबारी संवाददाता १९ मिनेट अगाडि

हल्दीबारी गाउँपालिकामा भोलि एकादशी पर्वको स्थानीय बिदा

झापा, हल्दीबारी गाउँपालिकाले राजवंशी समुदायको मौलिक पर्व ‘एकादशी’ को अवसरमा शुक्रबार (मंसिर ४ गते) स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

​गाउँ कार्यपालिकाको कार्यालयले बिहीबार (मंसिर ३ गते) एक सूचना जारी गर्दै पालिका क्षेत्रभित्र बसोबास गर्ने राजवंशी समुदायले आफ्नो मौलिक धर्म, संस्कृति, परम्परा र रीतिरिवाजअनुसार मनाउँदै आएको पर्वलाई सम्मान गर्दै बिदा दिइएको जनाएको हो। प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईद्वारा हस्ताक्षरित सूचनाअनुसार शुक्रबार गाउँपालिका कार्यालय तथा मातहतका कार्यालयहरूमा स्थानीय बिदा रहनेछ।

​सूचनामा अत्यावश्यक सेवा प्रवाह गर्नुपर्ने निकायहरूलाई भने सेवा प्रवाह अवरुद्ध नहुने गरी आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

​स्थानीय तहबाट दिइने यस्ता सांस्कृतिक बिदाले आदिवासी तथा स्थानीय समुदायको मौलिक परम्परा, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइन्छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)