साहित्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कबिता :- ” आकांक्षा “-दयानन्द गोस्वामी

कबिता :- ” आकांक्षा “

Advertisement

अंध्यारो गली मा मेरो घर रही रहेको छ
जहाँ तेल बिना दियो जली नै रहेको छ,

Advertisement

उज्यालो नै मेरा सारा आकांक्षाहरु हुन
आशिर्वाद उनैको म मा रहीनै रहेको छ,

आश्चर्य त छँदैछ दियो मुनि अंध्यारो ! चाह्रै दिशामा प्रकाश छरी नै रहेको छ,

यहाँ म पनि अतिथि अनी तिमी पनि
न तिम्रो क्यै छ यहाँ न त मेरो छ क्यै,

आँखा उघार्दा आकांक्षा हरुको समुन्द्र
तुफान मनमा हाम्रो चली नै रहेको छ,

हेर्न लाई लालायित त छँदैछु म पनि
संगै भावनाहरु तरंगित भै नै रहेको छ,

भिजेका नील नयन हरु कती उदासीन
अनी हृदयको ढुकढुकी बढी नै रहेको छ,

अंध्यारो गली मा मेरो घर रही रहेको छ
जहाँ तेल बिना दियो जली नै रहेको छ,

आशा र भरोसा मा बाँचेको यो जीवन
प्रत्येक पाईला हरू चोट त खानै पर्छ,

कहिले आरोह त कहिले अवरोध हरू
तथापि जीवनको यात्रा जारी रहेको छ

कल्पनामा पखेरू हरू उडिरहेका छन
थकान सबै बिर्सेर पनि गगन चुम्न लाई,

विचलन यात्रा मा निश्चित त आउँछ नै
तथापि अभियान अटुट जारी रहेको छ,

अति निकृष्ट कालीमा त्यो सघन रातको
निशब्द स्तब्ध अनी सुनसान वातावरण,

मनमा क्षण क्षण प्रकाश को आशान्वित
कदमहरु निर्भिक अगाडि बढी रहेको छ,

अंध्यारो गली मा मेरो घर रही रहेको छ
जहाँ तेल बिना दियो जली नै रहेको छ।

रचना:- दयानन्द गोस्वामी
बाह्रदशी गाउँपालिका- वार्ड नं ४
चकचकी (झापा)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article