हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिबारीमा लैंगिक हिंसा विरूद्धको १६ दिने प्रशिक्षण अभियान सम्पन्न

हल्दिबारी, हल्दिबारी गाउँपालिका महिला विकास समिति वडा नं ५ को आयोजामा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत वडा स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्य तथा महिला विकास समिति ५ कि संयोजक तथा वडा सदस्य तारादेवी ढकालको सभापतित्वमा  कार्यक्रम सम्पन्न भएको थियो.

Advertisement

कार्यक्रमलाई प्रमुख अतिथि लिङ्देन, सभापति तारादेवी ढकाल, वडा अध्यक्ष शेरबहाद’र नेम्वाङ, वडा सदस्यहरू शान्ता गौतम, प्रमिला वि. क., मात्रिका भट्टराई, महिला विकास सदस्य होमा खरेल, मोती आधारभ“त विद्यालयका प्र. अ. केदारप्रसाद  सुवेदीलगायतले लैङ्गिक हिंसा विरूद्धको बारेमा आ–आफ्नो विचार राखेका थिए।

मोती आधारभुत विद्यालयको प्राङ्गणमा आयोजना गरीएको कार्यक्रममा बालबालिका तथा चेलीबेटी बेचबिखन रोकौं, घरेल’ हिंसा अन्त्य गरौं, बलात्कारीलाई कडाभन्दा कडा कार्वाही गरीयोस्, समानताको पुस्ता बलात्कारी विरूद्धको एैक्यबद्धता जस्ता नारा दिएको उक्त कार्यक्रमको सहजीकरण महिला विकास सदस्य सरस्वती चौलागाईले गरेकी थिईन.
तस्बिर ः सरस्वती चौलागाई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)