खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

 ‘लंका प्रिमियर लिग’ स्थगित

हेमन्त मैनाली : हल्दिबारी – श्रीलंकाको फ्रेन्चाइज क्रिकेट लंका प्रिमियर लिग स्थगित भएको छ।  आठ वर्षपछि फेरि यो वर्ष सुरु हुने भनिएका लंका प्रिमियर लिग नोभेम्बरको मध्येसम्मको लागि स्थगित भएको हो। यो       लिग अगस्ट २८ बाट सुरु हुने भनिएको थियो

Advertisement

कोरोना भाइरसको महामारीको कारण विदेशी खेलाडीले अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नुपर्ने भएपछि लिग स्थगित गरिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ।

Advertisement

बोर्डले यसअघि २८ देखि सेप्टेम्बर २० सम्म प्रतियोगिता आयोजना गर्ने बताएको हो। सन् २०१२ मा पहिलो संस्करण आयोजना भएपनि लंका प्रिमियर लिग नियमित रुपमा सञ्चालन हुन सकेको छैन। सन् २०१३ र १४ मा प्रायोजक र व्यवस्थापकीय कमजोरीका कारण प्रतियोगिता रद्ध भएको थियो।

प्रतियोगितामा ५ शहरका टिम रहने छन्। जसमा कोलोम्बो, क्यान्डी, गल्ली दाम्बुला र जाफ्ना रहेका छन्। चार फरक अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा २३ खेल हुनेछन्।

७० भन्दा बढी अन्तराष्ट्रिय खेलाडी तथा विश्वका १० उत्कृष्ट प्रशिक्षकले घरेलु खेलाडीसंग प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको बोर्डले जनाएको छ। यो प्रतियोगिता सन् २०१२ मा भएपछि भएको थिएन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article