हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

टि-२० र एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक

हेमन्त मैनाली – हल्दिबारी l   गत महिना वेस्टइन्डिजले इंग्ल्यान्डमा टेस्ट सिरिज खेलेपछि सुरु भएको कोभिड-१९ महामारी पछिको अन्तर्राष्ट्रिय क्रिकेटले इंग्ल्यान्डमा निरन्तरता पाउने भएको छ। वेस्टइन्डिज पछि आयरल्याण्डले तिन वटा वानडेको सिरिज खेल्यो भने हाल पाकिस्तानले इंग्ल्यान्डको भ्रमण गरिरहेको छ। पाकिस्तानले जारि तिन म्याचको टेस्ट सिरिज पछि तिन वटा टि-२० पनि खेल्नेछ

Advertisement

यसै बीच अस्ट्रेलियाले पनि इंग्ल्यान्डको भ्रमण गर्ने पक्का भएको छ। इंग्ल्यान्ड क्रिकेट बोर्डले अस्ट्रेलिया आगामी महिना सेप्टेम्बरमा इंग्ल्यान्ड भ्रमणमा आउने अधिकारिक घोषणा गरेको हो। सिरिजको लागि अस्ट्रेलियाले अभ्यास पनि सुरु गरिसकेको छ।

Advertisement

इंग्ल्यान्ड भ्रमणको लागि अस्ट्रेलियाले तयारी सुरु गरिसकेको छ :

इंग्ल्यान्ड भ्रमणमा अस्ट्रेलियाले तिन वटा वानडे अन्तर्राष्ट्रिय र तिन वटै टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्नेछ। सिरिजको तालिका समेत सार्वजनिक गरिएको छ जसअनुसार टि-२० सिरिजको तिन वटै खेल साउथह्याम्पटको एजेज बल मैदानमा खेलिनेछ।

एकदिवसीय सिरिजको आयोजना म्यानचेस्टरको ओल्ड ट्रयाफोर्डमा खेलिनेछ। दुवै मैदानको नजिकै होटल रहेकोले कोरोना महामारीलाई मध्यनजर राखेर उक्त मैदान रोजिएको हो।

इंग्ल्यान्ड बोर्डले अस्ट्रेलियासंगको सिरिज पछि इंग्ल्यान्डको यो वर्षको समर सिजन समाप्त हुनेछ। त्यसपछि खेलाडीहरु इन्डियन प्रिमियर लिग (आईपीएल ) खेल्नको लागि खुला हुनेछन्।इंग्ल्यान्ड बोर्डका अनुसार अस्ट्रेलियन टिम २४ अगस्टमा इंग्ल्यान्ड पुग्नेछ जसपछि ५ दिन क्वारेन्टाइनमा बस्नेछ। त्यसपछि अस्ट्रेलियाले आफ्नै खेलाडीहरु बीच तिन वटा टि- २० अभ्यास खेल खेल्नेछ।

टि-२० र एकदिवसीय सिरिजको खेल तालिका :

पहिलो टि-२० : ४ सेप्टेम्बर ( साउथह्याम्पटन )

दोश्रो टि(२०  : ६ सेप्टेम्बर ( साउथह्याम्पटन )

तेश्रो टि(२०  :  ८ सेप्टेम्बर ( साउथह्याम्पटन )

पहिलो वानडे  : ११ सेप्टेम्बर ( म्यानचेस्टर )

दोश्रो वानडे  : १३ सेप्टेम्बर ( म्यानचेस्टर )

तेश्रो वानडे  : १६ सेप्टेम्बर ( म्यानचेस्टर )

  • अस्ट्रेलियाद्वारा टिमकोघोषणा

इंग्ल्यान्ड भ्रमणको लागि अस्ट्रेलियाले २१ सदस्यीय टोलिको पनि घोषणा गरेको छ जसमा अनक्याप्ड खेलाडीहरु ड्यानियल स्याम्स, राइले मेरेडीथ र जोश फिलिप्पे पनि रहेका छन्। ट्राभिस हेड, उस्मान ख्वाजा, बेन म्याकडरमोट, माइकल नेसार र ड्यारसी शर्ट जस्ता खेलाडीहरुलाई टिममा राखिएको छैन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)