हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

लिपुलेकमा आमरण अनसन बस्ने क्रममा फसेका युवाको उद्दार

      लिपुलेकमा आमरण अनसन बस्ने क्रममा फसेका युवाको उद्दार गरिएको छ । उनीहरु अनसन बसेको स्थल दार्चुलामा बाक्लो हिउँ परेको र त्यहाँबाट तल वा माथि कतै पनि जान नसक्ने अवस्था आए पछि उनीहरु त्यहि स्थानमा फसेका थिए ।

Advertisement

Advertisement

    फसेकाहरुको उद्दार गरिएको स्वतन्त्र राष्ट्रिय अभियानका अभियन्ता तथा अधिवक्ता स्वागत नेपालले जानकारी दिए । अधिबक्ता नेपालका अनुसार अनसन बस्ने क्रममा बेहोस भएका के एन बस्यालको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरिएको हो ।

बस्याललाई हेलिकप्टर मार्फत दार्चुलाको आर्मी ब्यारेकमा ल्याईएको र त्यहाँबाट एम्बुलेन्समा अस्पताल पुर्याईने छ । त्यस्तै अनसन बसेका अन्य २ (सेफर्ड लिम्बू, र रमित बलामी) भने स्थलमार्गबाट तल झार्न लागेको अधिबक्ता नेपालले बताए । केहि दिन अगाडी अधिबक्ता नेपालले उनीहरुको उद्दार गरिदिन आग्रह गरेका थिए ।

भारतले लिपुलेकलाई आफ्नो देशमा समावेश गरेर नयाँ नक्सा जारि गरेपछि उनीहरु नेपाली भुमिलाई फिर्ता ल्याउन माग गर्दै अनसन बस्न पुगेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)