हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाल टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरका लागि सोझै छनौट

देवेन्द्र आलोक l नेपाल टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरको लागि सोझै छनौट भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आइसीसीले’ जानकारी दिएको छ।

Advertisement

आइसीसीको छनौट प्रक्रियाअनुसार नेपाल सिधै ग्लोबल क्वालिफायरका लागि छनौट भएको छ। नेपालसहित यूएई, सिंगापुर र जिम्बावे पनि आइसीसीको यस छनौटमा पर्न सफल भएका छन्। टी–ट्वान्टी विश्व बरियता राम्रो भएका कारण नेपालसहित यी देशहरु छनौटमा परेका हुन्।

Advertisement

टि–२० क्रिकेटको विश्व बरियतामा नेपाल अहिले १५ औं स्थानमा छ। सन् २०२२ मा हुने टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल छनोट आगामी फेब्रुअरी र मे महिनामा हुनेछ। ग्लोबल छनौटमा १६ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइनेछ।

यस प्रतिस्पर्धामा शीर्ष चार टोलीले सन् २०२२ को अक्टोबरमा हुने विश्वकप खेल्ने मौका पाउनेछन्। आइसीसीका अनुसार क्षेत्रीय छनौटबाट ८ टोली र सन् २०२१ को टि२० विश्वकप खेलेका विश्व वरियताको पुछारमा रहेका ४ टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)