समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बिर्तामोडमा राप्रपाको एमसीसी विरुद्ध राँके जुलुस

झापा। झापाको बिर्तामोडमा एमसीसी विरुद्धमा राँके जुलुस निकालिएको छ । राप्रपाको युवक संगठनले बिर्तामोडमा राँके जुलुस निकाल्दै आज संसद्मा टेवुल भएको एमसीसीको विरोध जनाएका छन् ।

राँके जुलुससहित बिर्तामोड परिक्रममा गरेका उनीहरुले एमसीसी खारेज हुनुपर्ने नारा लगाएका थिए । जुलुसमा ‘राष्ट्रधाती एमसीसी खारेज गर, देश बेच्न पाइदैन’ भन्ने नारा लगाइएको थियो । कोणसभामा राप्रपाका युवाहरुले एमसीसीको चर्को विरोध जनाएका छन् ।

 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)