समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

५० करोडको औसधि निशुल्क क्षेत्र नम्बर ३ का अति विपन्न ,विपन्न जनता लाई गर्छु : दुर्गा प्रसाईं

 हल्दिवारी l  झापाको हल्दिवारीमा आयोजना गरिएको एक कार्यक्रममा बिएन्ड्सी अस्पतालका निर्देशक दुर्गा प्रसाईले ६ हजारपरिवार निम्न अवस्था भएका नागरिकको स्वास्थ बिमा गरिदिने भएका छ्न ।

हल्दिवारी ३ मा रहेको टाइगर हिल फिटनेस सेन्टरले आयोजना गरेको बनभोज कार्यक्रममा प्रमुख अतिथी समेत रहेका प्रसाईले पैसाको अभावले अब ३ नम्बर क्षेत्र का नागरिकले औसधि उपचार नपाउने अवस्थाको अत्य हुने र त्यसको नेतृत्व बिएण्सी अस्पतालले गर्ने बताउनु भएको छ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका प्रसाईं आगामी निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट संघिय साम्सदको उम्मेद्बारी हुने चर्चा चलिरहेको अवस्थामा उनले यस क्षेत्रका जनताको औसधि उपचार गर्ने बताएका हुन ।

क्यान्सर रोगि पहिचान र उपचारमा समेत कार्यक्रम चलाएका प्रसाईले १ महिनाको अन्तरमा राप्रपा ,काङ्ग्रेस ,माओवादी पार्टी लगायत बाट २ हजार भन्दा बढी पार्टी प्रवेश गराई सकेको एमाले क्षेत्र नम्बर ३ सचीव तथा हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरि बताउँछन् ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)