१५ बैशाख । रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार तेन्जिङ छेसाङ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र गोसाईंकुण्ड गाउँपालिका इन्चार्ज समेत रहेका तेन्जिङले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादीको तर्फबाट अध्यक्ष पदमा दोस्रो दिन उम्मेदवारी दर्ता गराएका थिए ।

उनीसँगै गोसाईंकुण्ड गाउंपालिका – ५ का माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षका उम्मेदवार छोङी तामाङ पनि एमालेमा प्रवेश गरेका छन् । उनिहरु दुबैले आफ्नो उम्मेद्बारी फिर्ता लिने गरि एमालेमा प्रवेश गरेका हुन ।
