हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

व्यवसायी शर्मा बिर्तामोड–४ मा एमालेबाट अध्यक्षमा विजयी

हल्दिवारी -५ जेठ | बिर्तामोड–४ मा नेकपा एमालेका राहुल शर्मा वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

Advertisement

एमालेका तर्फबाट चुनावी मैदानमा उत्रिएका राहुलले नेपाली कांग्रेसका वडाध्यक्षका प्रत्यासी कूलप्रसाद संग्रौलालाई हराएका हुन् । राहुलसँगै वडामा एमालेको प्यानल बिजयी भएको हो । संग्रौला २०७४ को स्थानीयतह निर्वाचनमा निर्वाचित भएका थिए ।

Advertisement

राहुलले १८१३ मत प्राप्त गरेका छन् भने  संग्रौलाले १७२० मत ल्याएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा बिर्तामोड वडा नम्वर–४ बाट सदस्यमा सर्वाधिक १२५३ मत ल्याएर बिजयी भएका थिए । मारवाडी समुदायका ३३ वर्षीय युवा राहुल राजनीतिसँगै व्यवसायमा पनि संलग्न छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)