समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

भारतीय दुतावास पछाडिबाट स्वागत नेपाल पक्राउ

काठमाडौँ। चर्चित पत्रकार एवं अधिवक्ता स्वागत नेपाललाई प्रहरीले पक्राउ गरेको छ। नेपाललाई राजधानीको कपुरधारास्थित भारतीय दूतावासको पछाडिबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।

भारतले नेपाली भुमि कब्जा गरी जारी गरेको नक्शाको विरोधमा स्वतन्त्र अभियन्ताका के.एन. बस्याल आमरण अनसन बसेको छन्। उक्त अनसनलाई ऐक्यबद्धता जनाउन पुगेका स्वतन्त्र राष्ट्रिय अभियानका अभियन्न्ता नेपालसहित हण्ड्रेस ग्रुपका संयोजक बिमल पन्त, मिसन नेपालका संयोजक कृष्ण प्रसाद शर्मा, परिवर्तनका लागी हाम्रो आवाजका संयोजक शाजन विकलगायतलाई प्रहरीले गिरफ्तार गरेको छ।

विज्ञापन (Advertisement)Advertisement

साथै प्रहरीले ब्यानर च्यातेर फालेको र अनसन बसेका केएन बस्यालसहित ऐक्यबद्धता जनाउन पुगेका स्वागत नेपाल, साजन बि.क र सेफर लिम्बुलाई सोह्रखुट्टे परिसरमा राखेको छ।

मागहरू
१ हाम्रो भुमिहरु मिचेर बनाएका ईण्डिएन मानचित्र बदर गर।
२ बिशाल नेपाल कायम गर।
३ नेपाल—भारत मैत्री सन्धि १९५० को धारा ८ लागु गर।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)