कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कबिता : “पुर्णिमाको चन्द्रमा”

काश ! म पानीको घुटको हुन्थ्यें
तिमी मलाई तृष्णित हुँदा पिउँथ्यौ,
अनी म तिम्रो सारा प्रत्यङ्गहरुको
हरेक शिराहरु मा समाहित हुन्थ्यें,
पुर्वीय उष्ण बतास झैँ मेरा बेगहरू
क्रमभंग निर्दिष्ट ती रेखाहरू लाई,
स्पर्श गर्दै अभिष्टीत रहेको यो मन
काश ! शुष्क अधरहरु लाई चुम्थ्यें,
प्रेमिल हुन्थ्यो यदि श्यामल निशा
समर्पण गर्थ्यें मेरा सारा भावनाहरु,
पुर्णिमाको चन्द्रमा झैँ तिम्रो मुहार
त्यो निशीरातको मध्य प्रहरमा पनि,
प्रेम सरोवरमा प्रतिबिम्बित भैरहँदा
गुलाब सरह नै कपोलहरु फक्रिन्थ्ये,
मकरन्दहरु झैँ बस्थ्यें चाह्रै वरिपरि
बेखबर हुन्थ्यो यो मतलबी जमाना,
अनी ओझल हुन्थ्यें सारा नजर बाट
जहाँ म एक्लै नै विभोर भई रहन्थ्यें,
कल्पनाहरू जब त्वरित भै रहन्थ्ये
किनारा लाग्नेथ्ये स्वयं उत्कण्ठाहरू,
शातिर भै दिएको भए सारा जमाना
प्रितमका कुरा यहीं म सुनी रहन्थ्यें,
काश ! म पानीको घुट्को हुन्थ्यें
तिमी मलाई तृष्णित हुँदा पिउँथ्यौ,
अनी म तिम्रो सारा प्रत्यङ्ग हरूको
हरेक शिराहरु मा समाहित हुन्थ्यें।

 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)