चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई केटाकेटी मृत फेला परेका छन् । वैशाख २६ गते निकुञ्जको तमोर ताल कसरा क्षेत्रमा ४ महिनाको पोथी गैंडा मृत अवस्था भेटिएको हो ।खाग नपलाएको गैंडाको बच्चाको १२ वटा खुर भने सुरक्षित रहेको निकुञ्जले बताएको छ ।

यस्तै, वैशाख २७ गते सौराहा सेक्टरको राप्ती नदी क्षेत्रको पटना भन्ने ठाउँमा साढे २ बर्षको भाले गैंडाको बच्चा मृत फेला परेको छ ।उक्त गौडाको खाग र खुर सुरक्षित छ । दुबै गैडा प्राकृतिक कारणले मरेको दावी गरिएको छ । विश्वकै दुर्लभ मानिने गैंडा चालु आर्थिक बर्षमा मात्रै १८ वटा मरिसकेका छन् ।
