हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी गाउँपालिकाकाे सवारीसाधन मर्मत खर्च १२ लाख ७८ हजार

हल्दिबारी गाउँपालिकाले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा १२ लाख ७८ हजार ९६१ रुपैयाँ मात्र सवारीसाधन मर्मत खर्च गरेको छ । २०७९ साउनदेखि २०८० बैशाख १४ गते सम्मको अबधिमा जम्मा ४२ पटकमा उक्त रकम भुक्तानी भएको गाउँपालिकाले जनाएको हो ।

Advertisement

हाल हल्दिबारी गाउँपालिकामा १ थान जेसिभि रहेको छ । जेसीभिको यस अबधिको जम्मा मर्मत खर्च ३ लाख १० हजार ३८४ रूपैयाँ भुक्तानी भएको छ । पालिकामा एउटा महेन्द्र स्कारपियो समेत रहेको छ । यस अबधिमा स्कारपियो मर्मतका लागि जम्मा १ लाख ८३ हजार २५ रूपैयाँ खर्च भएको गाउँपालिकाको सवारी साधन मर्मत खर्च बिबरणमा उल्लेख छ ।

Advertisement

त्यसैगरी हल्दिबारी गाउँपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू र जलथल प्रहरी चौकी, हल्दिबारी प्रहरी चौकी र गोलधाप प्रहरी चौकीमा एक/एक थान गरेर जम्मा २० वटा मोटरसाईकल र एउटा स्कुटी सरकारी सवारीसाधन रहेका छन् । यस अबधिमा मोटरसाईकल र स्कुटीलाई मर्मत खर्च वापत ७ लाख ८५ हजार ५५२ रूपैयाँ खर्च भएको पालिकाको बिबरणमा उल्लेख छ ।

सवारीसाधन मर्मत खर्च र इन्धन खर्च पालिकाका अति आवश्यक शाखा, प्रहरी चौकी तथा ब्यक्तिहरुलाई मात्र उपलब्ध गराउँदै आएको पालिकाले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)