हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

स्वतन्त्र युवाद्धारा बिर्तामोडमा प्रचण्ड नेतृत्व सरकारलाई काम गर्न दिन माग गर्दै खबरदारी सभा

बिर्तामोड । युवा नागरिक समाज झापा तथा स्वतन्त्र नागरिक दबाब समुहलगायत स्वतन्त्र युवाहरुको समुहले झापाको बिर्तामोडमा भष्ट्राचार र बेथितिका बिरुद्ध खबरदारी सभा गरेका छन् ।

Advertisement

स्वतन्त्र युवाहरुले शुक्रवार (आज) नेपाली जनताको समृद्धि र स्वाभिमान जनता र राष्ट्रका लागि भष्ट्राचार बिरोधि अभियान अन्तरगत देशमा भइरहेको भष्ट्राचार र बेथिति विरुद्ध बिरोध प्रदर्शनसहित खबरदारी सभा गरेका हुन् ।

Advertisement

शरणार्थी प्रकरणमा मुछिएका सबैलाई निलम्बन गर्नुपर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई काम दिनु पर्ने र सरकारले चालेका महत्वपूर्ण कदममा शक्ति केन्द्रहरूको आडमा अवरोध नगर्न माग गर्दै युवाहरुले बिरोध प्रदर्शन गरेका छन् ।

युवाहरुले बिर्तामोडमा प्ले कार्डसहित र्यालीपछि खवरदारी कोणसभा गर्दै भष्ट्राचारीलाई कारवाही गर्न माग गरेका हुन् । भष्ट्राचारीलाई संरक्षण गर्नेलाई सामाजिक बहिस्कार गर, सरकार तिमी अघि बढ जनता तिम्रो साथमा छ, नेपाल सरकार हाई हाई, भष्ट्राचारी बाई बाई, भष्ट्राचारी बिरोधी महाअभियानमा एक हौं, गणतन्त्रबादी एक हौंलगायतका प्लेकार्डसहित निस्किएका युवाहरुले मुक्तिचोकमा खवरदारी सभासमेत गरेका छन् ।

स्वतन्त्र युवा समाज झापाका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा देशु बनेम, शेरबहादुर थापालगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन बिपि भट्टराईले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)