हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

६ करोड रुपैयाँ बराबरको अबैध जुत्ता प्रहरीकाे नियन्त्रणमा

हेटौडा, ३१ बैशाख । सशष्त्र प्रहरीले चेकजाँचको क्रममा अबैध रुपमा जुत्ता बोकेका तीन वटा ट्रकलाई पक्राउ गरेको छ ।

Advertisement

प्रहरीले झन्डै साँढे ६ करोड रुपैयाँ बराबरको एडिडास जुत्ता बोकेका तीन वटा ट्रकलाई मकवानपुरवाट नियन्त्रणमा लिएको हो । सशष्त्र प्रहरीको  १४ नम्बर गण, मकवानपुरले ती ट्रकलाई नियन्त्रणमा लिएको हो।

Advertisement

हेटौंडा उपमहानगरपालिका–१५ स्थित महेन्द्र राजमार्गवाट चेकजाँचको क्रममा अबैध रुपमा जुत्ता भित्राउँदै गरेका तीनवटा टक्रहरु सशष्त्र प्रहरीको नियन्त्रणमा परेका हुन । गत बैशाख २९ गते विशेष सूचनाको आधारमा ती ट्रक नियन्त्रणमा लिईएको सशष्त्र प्रहरीले जनाएको छ ।

सशष्त्र प्रहरीका अनुसार बिल विजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रक नियन्त्रणमा परेका हुन । जसको मुल्य ४ लाख ८८ हजार १७३।६३ अमेरिकी डलर अर्थात ६ करोड ४२ लाख २९ हजार ४।५० रुपैयाँ रहेको अनुमान गरिएको छ ।

नियन्त्रणमा लिएको तीनवटै ट्रक थप अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरमा पठाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)