हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झाापाका विभिन्न स्थानबाट लागू औषधसहित आठ जना पक्राउ

झाापाका विभिन्न स्थानबाट लागूऔषधसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय झाापा, वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल बिओपी भद्रपुरको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका नुवाकोट तार्केश्वर गाउँपालिका–३ का २९ वर्षीय सानुबाबु रिमाललाई शंका लागेर चेक गर्दा लुकाई छिपाई ल्याउदै गरेको ब्राउन सुगर ५ ग्राम ३२० मिलिग्राम सहित पक्राउ गरेको छ ।

Advertisement

त्यस्तै मेचिनगर– ६ स्थित पुरानो मेचीपुलमा ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले  मोरङ पथरी शनिश्चरे –६ का ३५ वर्षीया दिलमाया श्रेष्ठको खैरो हिरोईन ६ ग्रामसहित पक्राउ गरेको हो ।

Advertisement

उता  दमक –३ बेलडाँगीबाट ब्राउन सुगर बिक्री वितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी बाघखोरको प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बेलडाँगीको संयुक्त प्रहरी टोलीले साोही स्थानका  ४१ वर्षीय निर्पा राई, ३२ वर्षीय सन्जोग गुरुङ, १९ वर्षीय मन्दिप दर्जी , १९ वर्षाीय अविराज गुरुङ, २३ वर्षीय मिलन गुरुङ र २४  वर्षीया दिलु तामाङ ब्राउन सुगर ६ ग्राम, दुई थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनीहरुलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)