हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बुद्ध एयरको जहाजमा मुसा भेटिएपछि उडान रद्द

जनकपुरमा बुद्ध एयरको जहाजमा मुसा फेला परेको छ। शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा फेला परेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको थियो।

Advertisement

४९ जना बोकेर उड्ने तयारीमा रहेको जहाजमा मुसा फेला परेपछि इन्जिनियरहरूले जहाजको परीक्षण गरिरहेको बताइएको छ। परीक्षण भएपछि मात्रै उडान गरिने प्रवक्ता निरौलाले बताए।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)