हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी गा.पा. १४ औं गाउँसभाले चालू आर्थिक बर्षको बजेटमा दोश्रो संशोधन गर्दै

झापाको हल्दिबारी गाउँपालिकाको १४ औं गाउँसभाले चालू आर्थिक बर्षको बजेटमा दोश्रो संशोधन गर्दै चालू खर्चको केही शिर्षकमा खर्च बढाएको छ भने केहि नयाँ कार्यक्रममा समेत थपेको छ ।

Advertisement

यसअघि १३ औं गाउँसभाले समेत पहिलो पटक बजेट संशोधन गर्दै रकमान्तर गरेको थियो भने चालू आर्थिक बर्षको अन्तिममा आएर बैशाख १५ गते फेरि बजेट संशोधन र रकमान्तर गरेको हो ।

Advertisement

हल्दिबारीका ठूला बिकास आयोजनाहरू कुलुङ्गे चोकबाट ढडुवा हुँदै जम्बा चोक पश्चिम हुलाकी राजमार्ग जोड्ने सडक कालोपत्रे आयोजनाको बजेट ९ लाख काटिएको छ । त्यसैगरी जनजागृति माबिबाट किराँत चोक हुँदै लाटि होलि जोड्ने सडक र चाक्ला चोकबाट दक्षिण योगप्रसाद भट्टराईको घर हुँदै राम जानकी मन्दिर सम्म जाने बाटोको को ५ लाख बजेट घटाएको छ, मंगलबारे बडाबारी हुँदै पाथिभरा पर्यटकीय क्षेत्रबाट ओलिचोकतर्फ र केदार उप्रेतीको घरबाट बोडोसा चोक हुँदै कञ्चनश्री चन्द्र मार्गसँग जोड्ने सडकको ७ लाख ५० हजार रुपैयाँ कटाएको छ, पिपलचोक हल्दिबारि चोक बेलागाडा चोक हुँदै गरामुनि जोड्ने सडकको ५ लाख ५० हजार कटाएको छ । त्यस्तै भेलागढी लोकतान्त्रिक शहिद स्मृति पार्क निर्माण आयोजनाबाट ११ लाख कटौती गरेको छ ।

चालू आ.व.मा ईन्धन खर्चमा १५ लाख छुट्याइएको पालिकाले बजेट अपुग भएको भन्दै पुनः ६ लाख बढाएको छ, विविध खर्च २८ लाख ८९ हजार बजेट छुट्याइएको पालिकाले पुनः सोहि शिर्षकमा तीन लाख बढाएको छ, भ्रमण खर्च १० लाख ३ हजार छुट्याइएको पालिकाले पुनः एक लाख पचास हजार बजेट थप बढाएको छ, सवारीसाधन मर्मत खर्च १७ लाख रुपैयाँ छुट्याएको पालिकाले नपुग्ने भन्दै पुनः तीन लाख बजेट थप गरेको छ । त्यसैगरी मसलन्द कार्यालय सामाग्री खर्च ३३ लाख १४ हजार छुट्याइएको पालिकाले पुनः दुई लाख पचास हजार रुपैयाँ थप गरेको छ, पत्रपत्रिका छपाई तथा सूचना प्रकाशन खर्च शिर्षकमा १० लाख छुट्याइएको पालिकाले नपुग्ने भन्दै एक लाख पचास हजार रुपैयाँ थप गरेको छ । त्यस्तै मेसिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च १० लाख १० हजार छुट्याइएको पालिकाले नपुग भएको भन्दै २ लाख बजेट बढाएको हो ।

थप नयाँ योजना तथा कार्यक्रमहरूमा शैक्षिक क्यालेन्डर निमार्णका लागि ४ लाख बजेट व्यवस्था गरेको छ, भू–उपयोग जग्गाको वर्गीकरण खर्च तीन लाख छुट्याइएको छ, हल्दिबारीमा ट्रायावेज निमार्ण १ लाख ५० हजार , सामुदायिक बिद्यालयका बिद्यार्थीका लागि व्याग वितरण १ लाख ५० हजार छुट्याइएको छ । त्यसैगरी विभिन्न मठ मन्दिरहरू, चर्च, गुम्बा, साकेला थान, माङ्हिम आदिलाई प्लास्टिकको कुर्सी वितरणका लागि १ लाख ३० हजार छुट्याइएको छ भने सबै वडा मार्फत पशु उपचार सेवाका लागि ३ लाख छुट्याइएको छ । स्थानीय खोलाको ग्रावेल सामाग्री ढुवानी गरी मर्मत कार्यका लागि डम्पिङ तथा हल्दिबारी गाउँपालिका बिभिन्न बाटोहरू मर्मत गर्न योजनाको लागि पालिकाले ४० लाख तथा वडाहरूले समेत गरी जम्मा ४८ लाख २३ हजार बजेट व्यवस्था गरेको छ ।

यता हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देनले शैक्षिक क्यालेन्डर निमार्णका लागि चार लाख बजेट रकमान्तर गरेर छुट्याइएको र सबै बिद्यार्थीलाई वितरण गर्ने योजना भएपनि अहिले पालिकाको आर्थिक अवस्था कमजोर भएको कारण उक्त योजना कार्यान्वयन गर्दा ध्यान दिईने बताए । उनले भने ‘संघिय र प्रदेश सरकारले समानिकरण अनुदानमा दिईने रकम कटौति गरिदिदा योजना तथा कार्यक्रम कार्यान्वयनमा अत्यन्तै अफ्ट्यारो परेको छ, शैक्षिक क्यालेन्डर समेत ४०/५० हजारको मात्र छापिन्छ, पुरै चार लाख बजेटको छापिदैन।’

पूरा विवरण यस्तो छ

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)