हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

राष्ट्रपति रामचन्द्र पौडेल द्वारा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको कैद सजाय माफी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

Advertisement

यसैगरी उदय नारायण गिरी समेतका ७ जना ज्येष्ठ नागरिकसहित हेमबहादुर लिम्बु सहितका ४८२ जनाको बाँकी कैद सजाय माफी भएको हो। संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन‚ २०६३ को दफा १२ बमोजिम उनीहरूको बाँकी कैद सजाय माफी भएको बताइएको छ।

Advertisement

दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ। रेशम चौधरी २०७२ साल भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा ७ जना सुरक्षाकर्मी र एक नाबालकसहित ८ जनाको मृत्यु भएको घटनामा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए। सबै तहका अदालतले उनलाई जन्मकैदको सजाय हुने फैसला गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)