हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

भारतका एउटा बाबा, जो ४० बर्ष देखी दाहिने हात उचालेर बसिरहेका छन्

नयाँ दिल्ली, २१ जेठ । तपाईलाई आफनो बाल्यकालको दण्ड याद छ, हात उठाएर उभिएर शिक्षकले कसरी सजाय दिन्थ्यो । २–३ मिनेटपछि मात्रै राखे पनि हात फतक्क गलेर अवस्था बिग्रन सक्छ तर यस्तो अवस्थामा हामी तपाईंलाई भारतमा एक जोगीका बारेमा बताउँछौं, जसले आफनो हात हावामा केही घण्टा वा केही दिनको लागि होइन, पुरै ४०–४० बर्ष देखी उचालेर राखिरहेका छन् ।

Advertisement

तस्बिरमा देखिएका यी बाबाको नाम अमर भारती हो, जसले सन् १९७३ मा केही गर्ने निधो गरेका थिए, जसको बारेमा हामी र तपाईंले कल्पना पनि गर्न सक्दैनौँ । हो, आज पनि अमर भारतीले १९७३ देखि आफ्नो दाहिने हात हावामा उचालेका छन् । तस्विर हेरेर तपाईले यो अनुमान लगाउन सक्नुहुन्छ कि यति वर्षसम्म हावामा उठाएको हातको के भयो ? यसरी लामो समयसम्म एकोहोरो हात उठाउनु पर्दा केही वर्षमै उनको हात सुक्यो र छाला र हड्डी एउटै टुक्रा भयो।

Advertisement

अमर भारतीको यो निर्णयलाई उनको भगवानप्रतिको भक्ति र विश्वव्यापी सद्भाव प्रवर्द्धन गर्ने उनको मिशनको प्रतीकका रूपमा हेरिएको छ। कसैले चाहेर पनि गर्न नसक्ने काम अमर भारतीले यो कार्य गरिरहेका छन् । यो सबै देख्नेहरूले उनको शक्ति, भक्ति र जोशको प्रशंसा गर्नबाट आफूलाई रोक्न सक्दैनन्

भारती एक प्रसिद्ध भिक्षु हुन्, जसले कुम्भ मेला र महत्त्वपूर्ण धार्मिक कार्यक्रमहरूमा भाग लिने गर्छन्। आफ्नो जीवनकालको कुरा गर्दा १९७० भन्दा पहिले अमर मध्यम वर्गीय परिवारका व्यक्ति थिए, जसले सामान्य जीवन बिताउँथे । सर्वसाधारणजस्तै उनीहरू पनि जागिर गर्थे । घरमा श्रीमती र छोराछोरी थिए, तर एक दिन बिहान उठेर उनले आफ्नो सम्पूर्ण जीवन भगवान शिवको सेवामा समर्पित गर्ने निर्णय गरे र कहिल्यै पछाडि फर्केर हेरेनन्।

हालै भाईरल भईरहेको उनको तस्विर देखे पछि इन्टरनेट प्रयोगकर्ताहरूले बाबाको भक्तिको प्रशंसा गरिरहेका छन्। कतिपयले अझै विश्वास गर्न नसकेको जनाईरहेका छन भने कसैले बाबा कसरी सुत्छन त ? भनेर सोधिरहेका छन । जे सुकै होस, उनी बिगत ४० बर्ष देखी आफनो हात उचालेर भगवान शिवमा लिन भईरहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)