हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

नागरिकता नपाउनुको पीडा मलाई पनि थाहा छ : रवि लामिछाने

काठमाडौं, २५ जेठ । रास्वपा सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नागरिकता नपाउनुको पीडा आफूलाई पनि थाहा भएको बताएका छन् ।

Advertisement

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफूलाई पनि नागरिकता नपाउनुको पीडा थाहा भएको भन्दै नागरिकता विधेयकको विपक्षमा नरहेको बताए । तर, विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आफूहरुको असहमति रहेको उनले बताए ।

Advertisement

सदनमा ल्याएर विधेयकमाथि छलफल चलाएको भए महिलाप्रति गरिएको विभेद अन्त्य गर्न र उक्त विधेयकप्र्रति स्वामित्व लिन चाहेको भन्दै लामिछानेले नागरिकविहीन जनताले नागरिकता पाउनुपर्नेमा आफूहरुको स्पष्ट धारणा रहेको बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)