हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

उर्लाबारीमा बसकाे ठक्करबाट एककाे ज्यान गएपछि आक्राेशमा स्थानीयले बसमा गरे आगजनी

पूर्वबाट पश्चिम जाँदै गरेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको भन्दै स्थानीयले बसमा आगजानी गरेका छन्। ठक्करबाट स्कुटरमा सवार नाम, थर नखुलेका एक जना पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

Advertisement

मोरङको उर्लाबारी नगरपालिका ३ स्थित पूर्व-पश्चिम राजमार्गमा एउटा यात्रुवाहक बस जलाइएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मंगलबारे सडक खण्ड नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुवाहक बस जलाइएको हो।

Advertisement

झापाको कन्काई नगरपालिका- ३ निवासी बस चालक ३२ वर्षीय टंक प्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पहिचान नखुलेका पुरुषको शव मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा राखिएको छ। breaknlinks बाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)